श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं जाने झन्झट हटयो

कञ्चनपुर । छ वर्ष मलेसिया बसेर फर्किएका शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजागारीमा जाने तर्खरमा छन् । श्रम स्वीकृतिका अनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएपछि उनी निकै खुसी देखिन्छन् ।
पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा आग्रीले काठमाडौँस्थित वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिका लागि मेनपावर कम्पनीका कर्मचारीको सहयोगमा फाराम भरेका थिए ।
“श्रम स्वीकृतिका लागि फाराम भर्दा सम्पूर्ण व्यक्तिगत विवरण त्रुटिपूर्ण थिए” उनले भने, “ तर अहिले नगरपालिकामै स्वयं उपस्थित भएर तथ्यपरक विवरण फाराममा भर्न लगाएका छौंँ, फाराम भर्नकै लागि काठमाडौंँ जाने झन्झट पनि हटेर गएको छ ।” “श्रम स्वीकृतिका लागि फाराम भर्नकै लागि काठमाडौंँ जानुपर्दा निकै खर्च गर्नुपर्ने झन्झट,बसमार्फत जाँदा सडक अवरुद्ध हुँदाको सास्ती, होटेलको खर्च निकै हुन्थ्यो” अर्को मलेसिया जान श्रम स्वीकृतिका लागि नगरपालिका पुग्नु भएका अर्का हरिश आग्रीले बताए, “सेवाग्राहीको चापले बिहान ४ बजे लाइमा बस्दा पनि पालो पाइदैनथ्यो, फेरी दोस्रो दिनका लागि कुर्नु पर्दथ्यो, दलाललाई पैसा नदिए कामै हुन गाह्रो हुन्थ्यो ।”
अहिले नगरपालिकामै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था हुँदा सहज भएको उनले बताए । वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहको रोजागार शाखाबाटै भर्न सकिने व्यवस्था रहेको त्यहाँका प्राविधिक सहायक धीरज ऐरले बताए । चालु आवको वैशाखदेखि पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृतिका लागि आवेदन लिन थालिएको छ । यो सेवा सञ्चालन भएपछि यस शाखाबाट ३२ जनाले श्रम स्वीकिृतिका लागि आवेदन भरेका छन् ।
आवेदन भर्नेहरुमा पुरुषको सङख्या अधिक र महिलाको सङख्या न्यून रहेको छ । श्रम स्वीकृतिका लागि फारम भर्न आउनेमा मलेसिया, दुवई, साउदी अरेविया, कतार, संयुक्त अरब इमिरेटस, कुवेत, बहराइन, पोर्चुगललगायत देशमा रोजगारीमा जाने रहेका छन् ।
“राहदानी, वैदेशिक रोजगारीमा पठाउने कम्पनीसँगको सम्झौतापत्र, भिजा, स्वघोषणापत्र, बैंक चेक, नागरिकताको प्रमाणपत्र, इच्छाएको व्यक्तिको नागरिकता, बीमा गरेको कागजात, सामाजिक कोषसँगको आवद्धता हेरेर मात्रै आवेदन भर्ने गरेका छौँ” रोजगार शाखका प्राविधिक सहायक ऐरले भने, “वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानीबारे समेत सम्झाउने बुझाउने गरेका छौंँ ।” रोजगारदाता, रोजगारीमा जाने व्यक्ति र इच्छाएका व्यक्तिको नाम र ठेगानासंँगै सम्पर्क नम्बर पनि राखिने भएकाले विदेशमा अप्ठेरो परे सहयोग गर्न सकिने उनले बताए ।
वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो र सहज बनाउनका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाईनमार्फत फाराम भर्ने व्यवस्था गरिएको रोजगार शाखाका संयोजक कृष्ण भट्टले जानकारी दिए ।
उनका अनुसार श्रम स्वीकृति लिएसँगै कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि रु दुई हजार दुईसय बुझाउनुपर्ने हुन्छ । यसैगरी, १८ वर्षदेखि ३५ वर्ष समूहका लागि रु तीन हजार सात सय आठ, ३६ देखि ५० वर्ष समूहका लागि रु चार हजार नौ सय, शुःल्क निर्धारण गरिएको छ । सेवाग्राहीले शुःल्क खल्ती एप तथा ई सेवाबाट पनि बुझाउन सकिने व्यवस्था गरिएको छ ।
















Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया