मिस युनिभर्स नेपालले विश्वव्यापी मञ्चमा राष्ट्रिय पोशाक सहित युद्ध र शान्तिको सन्देश झल्काउने

काठमाडौँ । मिस युनिभर्स नेपालको विश्वव्यापी प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व गर्दै राष्ट्रिय पोशाक सहित विश्व शान्तिको कामना गर्ने भएको छ । बुधबारआयोजित एक समारोहका बिच मिस युनिभर्स नेपालले राष्ट्रिय पोशाक सहितको प्रस्तुती प्रस्तुत गरेको हो ।
उमंग क्रियसनले नेपालमा आयोजना गरेको एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ की विजेता जैन दिपिका ग्यरेटले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय पोशाक सहित आफ्नो प्रस्तुति मार्फत विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने तयारी गरेकी हुन् ।
एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ ले यस पटकको विश्वव्यापी प्रतियोगितामा नेपालको राष्ट्रिय पोशाक प्रस्तुत गर्ने आयोजक संस्थाका डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए । उनले राष्ट्रिय पोशाक मार्फत विश्व शान्तिको कामना गर्दै विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने जमर्को गरिएको बताए ।
त्यसका लागि एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ की नेपाालबाट विजेता हुनुभएकी जैन दिपिका ग्यरेट प्रशान्त ताम्राकारको कोरियोग्राफीमा रहेका छन् ।
मिस युनिभर्स २०२३ को ग्रान्ड फिनाले एल साल्वडोरमा आगामी नोवेम्बर १८ मा हुँदैछ ।










पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया