लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार हस्तान्तरण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार, कृषि विकास निर्देशनालयले कैलालीको लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को रु ५५ लाख बराबरको लागतमा लम्कीचुहा नगरपालिका–४ कौवापुरमा निमार्ण गरिएको उक्त शीतभण्डारको चाबी बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, निर्देशनालयका निर्देशक यज्ञराज जोशी र कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले संयुक्तरुपमा नगरप्रमुख सुशीला शाहीलाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा मन्त्री चौधरीले कृषि विकासका लागि किसानलाई गर्नुपर्ने सहयोगका लागि सरकार क्रियाशील रहेको समेत बताएका हुन् ।
नगर प्रमुख शाहीले शीतभण्डारको प्रयोगबाट किसानलाई राहत हुने विश्वास व्यक्त गर्दैै यसलाई कार्यविधि बनाएर छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिईन् । शीतभण्डारको उपलब्धताले उत्पादन भएका कृषिउपजको व्यावस्थापन, भण्डारण र बजारीकरणमा सहयोग पुग्ने बताइएको छ ।
निर्देशनालयका निर्देशक जोशीले प्रदेशका सबै नौ जिल्लामा शीतभण्डार निर्माण गरी हस्तान्तरण गर्ने सरकारको नीतिले कृषि उत्पादन र व्यवसायीकरणमा सहयोग पुग्ने बताए । कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले ठूलो लगानीमा बढी क्षमताका शीतभण्डारको सञ्चालनभन्दा यस्ता स–साना शीतभण्डार सञ्चालन र व्यवस्थापन गर्न किसानलाई सहज हुने देखिएको बताए ।
लम्कीचुहा नगरपालिकाको सहकार्यमा उक्त शीतभण्डार किसान बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याउन लागेको छ । शीतभण्डारमा तीन ब्लकमा बढीमा ३० टन तकारी भण्डारण गर्न सकिने बताइएको छ ।
















30 Killed in Traffic Accident in Northern Nigeria
Three youths from Khotang dead, one missing in coal mine blast in India’s Meghalaya
भोजपुर को ४७५जना आँखा रोगीले गाउँघरमै पाए सेवा
बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया