हृदयाघात भएका गृहमन्त्री श्रेष्ठ अपरेसनपछि बोल्न सक्ने भए
मेरोन्यूज
२०८० कार्तिक २ गते १४:५७

काठमाडौँ । चीन भ्रमणका क्रममा हृदयाघात भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था खतरामुक्त रहेको सरकारले जनाएको छ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा गृहमन्त्री श्रेष्ठ हाल बोल्नसक्ने अवस्थामा आएको जानकारी दिएकी हुन्।
चीन भ्रमणका क्रममा बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई गएराति हृदयाघात भएको हो। राति नै उनलाई त्यहाँस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरि अपरेसन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।
‘बेइजिङस्थित अस्पतालमा अपरेसन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ’, उनले भनिन्, ‘केही दिन उहाँ उतै रहनु हुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ।’

सम्बन्धित
















यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया