कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक तथा दक्षिणा’ योजना

काठमाडाैं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडादसैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका लागि निरन्तरता दिएको छ ।
बैंककोे यस्तो ‘क्यास ब्याक अफर’ योजनाले महान चाड दसैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्नेछ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपयाँसम्म क्यास ब्याक दिइनेछ । क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले उल्लेख गरेको छ ।
चाडबाडको यस अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धतास्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक ६ देखि कात्तिक ११ गतेसम्मका लागि समेत निरन्तर रहने जनाएको छ । यसका साथै कुमारी बैंकले बडादसैँको विशेष दिन विजयादशमीका दिन आफ्ना ग्राहकलाई थप आकर्षक सुविधासहित ‘क्यास ब्याक अफर’सँगै ‘बडादसैँ दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ ।
यस योजनामा कात्तिक ७ गते विजयादशमीका दिन मोबाइल बैंकिङमार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १ हजार ४०० जना ग्राहकलाई बैंकद्वारा रु । ५० क्यास ब्याक दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्यूनतम कारोबार रु । १०० हुनुपर्ने बैंकले जनाएको छ । दुवै अफरहरु बिहान ८ बजेदेखि राति ११ः ५९ बजेसम्म गरिएका कारोबारमा लागू हुने बैंकले स्पष्ट पारेको छ ।
















आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया