विश्वकप क्रिकेट : पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित
मेरोन्यूज
२०८० कार्तिक ४ गते ७:३०

काठमाडौं । अस्ट्रेलियाले जारी क्रिकेट विश्वकपमा पाकिस्तानमाथि शानदार जित निकालेको छ । शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको ३५० रनको लक्ष्य पछाएको पाकिस्तान ४५.३ ओभरमा अल आउट हुँदै ३०५ रन बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३४९ रन बनाएको थियो ।
यो सँगै अस्ट्रेलियाले जारी विश्वकपमा दोस्रो जित हासिल गरेको छ । जितपछि अस्ट्रेलियाको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यसैगरी पाकिस्तानको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक रहेको छ ।
अब पाकिस्तानले आगामी सोमबार अफगानिस्तानविरुद्ध खेल्ने छ भने अस्ट्रेलियाले आगामी बुधबार नेदरल्याण्डससँग खेल्ने तालिका रहेको छ ।
सम्बन्धित















ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया