नेपाल र जापानको खेल वर्षाका कारण रोकियो
मेरोन्यूज
२०८० कार्तिक ४ गते ११:२८

काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ ।
खेलको २५ ओभर सुरु हुँदा वर्षाका कारण खेल राकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् । उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाएका हुन् ।
त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । अर्जुन कुमाल १० रनमा आउट भए । हाल क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल छन् । आकाशले ३५ रन बनाएका छन् भने देवले आठ रन जोडेका छन् ।
यस खेलको विजेता यही कात्तिक ७ गते हुने फाइनल खेलका लागि छनोट हुनेछ । प्रतियोगिताको शीर्ष तीन टोलीले पाकिस्तानमा हुने यु–१९ एसिया कप खेल्नेछन् ।
सम्बन्धित
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया