आइतबार, मंसिर ७, २०८२

कलाकारले यसरी मनाए दशैं (तस्बिरहरू)

मेरोन्यूज २०८० कार्तिक ७ गते १७:४६

काठमाडौँ । दशैँको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट टीका लगाउने गरिन्छ ।

आफ्नो परम्परा र सँस्कृतिअनुसार नेपालीहरुले दशैंमा रातो र सेतो टीका लगाउने गरिन्छ । कसैले आज टीकाको मुख्य दिन मात्र र कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने गर्दछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटमा टीका थाप्ने उत्तम साइत तोकिदिएको थियो ।

साेही अनुसार कलाकारले पनि दशैं धुमधामसँग मनाएका छन्। मान्यजनको हातबाट टीका लगाएका तस्वीरहरु उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

हेराैं तस्बिर :

प्रतिक्रिया