विश्वकप क्रिकेट : पाकिस्तानमाथि दक्षिण अफ्रिकाकाे रोमाञ्चक जित

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ ।
चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा पाकिस्तानले दिएको २७१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो ।
दक्षिण अफ्रिकालाई जित दिलाउन अदिम मार्कमले सर्वाधिक ९१ रन बनाए ।
यस्तै डेभिड मिलर २९, कप्तान तेम्बा बभुमा २८, क्वीन्टक डि क्वक २४, रसी भेन डेर डुसन २१ र मार्को जेनसेनले २० रन बनाए ।
पाकिस्तानका लागि बलर सहिन साह अफ्रिदले ३ विकेट लिए । यस्तै महोम्मद वाशिम, उसामा मिर र हरिश रौफले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिंग रोजेको पाकिस्तान ४६।४ ओभरमा २७० रनमा अलआउट भएको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० र साउद सकिलले ५२ रन बनाएका थिए । यस्तै सहदाव खान ४३, महोम्मद रिजवान ३१, महोम्मद नवाज २४ र इफ्तीखर अहमदले २१ रन जोडे । दक्षिण अफ्रिकाका लागि बलर तबरेज साम्सीले ४ विकेट लिए । यस्तै मार्को जनसेनले ३, गेराल्र्ड कोटजे २ तथा लुगिं एनगिडीले एक विकेट लिए ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाले ६ खेल खेल्दै ५ जित र एक हारसहित १० अंक बटुलेर पहिलो स्थानमा उक्लिएको छ भने पाकिस्तानले ६ खेलमध्ये २ जित र ४ हारसहित ४ अंक बटुलेर छैटौं स्थानमा छ ।















ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया