भन्सार छलेर सुन कारोबार गर्ने पाँच पक्राउ

काठमाडौँ । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई तथा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार कतार एयरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरुले भन्सार छली गरी सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ सिनामङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले २६ लाख ५१ हजार आठ सय पाँच दशमलव ४७ मूल्य बराबरको तीन थान सुनको ढिक्का (जम्मा तौल दुई सय १४ दशमलव ३६ ग्राम), तीन थान सुनका सिक्री (जम्मा तौल ५० दशमलव ०१ ग्राम) र नगद एक लाख १० हजार बरामद गरेको थियो ।
उनीहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
















जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
बतास एमएडब्लूद्वारा इटहरीमा नयाँ फ्यासिलिटीसहित भोल्भो आइशर शोरुमको उद्घाटन
लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया