नेपाली युवकले गरे अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
मेरोन्यूज
२०८० कार्तिक १५ गते ८:११

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण गरेका छन्।
उनले बुधबार (आज) बिहान ६:४० बजे तान्जेनियाको किलिमाञ्जारो हिमालको सफल आरोहण गरेका हुन्। किलिमञ्जारोको चुचुरोमा पुगेर उनले नेपालको राष्ट्रिय झण्डा फहराएका थिए।
उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ ।
पाण्डेले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन्। उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन्।
यसअघि उनले जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल आरोहण गरेका थिए।


सम्बन्धित


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया