सोमबार, माघ २६, २०८२

हिमाली भेगमा हिमपातको सम्भावना, पहाडी भेगमा वर्षा

मेरोन्यूज २०८० कार्तिक १६ गते ७:०९

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भु -भागको मौसम भने सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने भएता पनि अन्य बाँकी भू-भागमा मौसम सामान्य देखिने छ ।

दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया