आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
मेरोन्यूज
२०८० कार्तिक १७ गते ८:२५

काठमाडौँ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज (शुक्रबार) र भोलि (शनिबार) सञ्चालन गर्ने भएको छ ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ ।
यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
सम्बन्धित















सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया