सोमबार, माघ २६, २०८२

१३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

मेरोन्यूज २०८० कार्तिक १७ गते १३:३८

काठमाडौं । धनकुटामा १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

महालक्ष्मी नगरपालिका- ५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाललाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया