मुगु हत्याको अनुसन्धान गर्न सीआईबीले डीएसपी भण्डारीको नेतृत्वमा टोली पठाउने

काठमाडौं । मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा चार सदस्यीय टोली पठाउने भएको छ ।
सीआईबी स्रोतले जघन्य अपराध पिलरका प्रमुख डीएसपी धर्म भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली शनिबार मुगु प्रस्थान गर्ने जानकारी दियो ।
गत कार्तिक १० मा मुगुको छायानाथरारा नगरपालिका–६, मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।
हत्या भएको एक साता बित्दा पनि मुगु प्रहरीले आरोपीबारे कुनै क्लू नै पत्ता लाग्न नसकेपछि कर्णाली प्रदेश प्रहरीले प्रहरी प्रधान कार्यालयलाई अनुसन्धानका लागि सिआईबीको टोली पठाइदिन पत्राचार गरेको थियो । पत्राचार भएपछि सीआईबीको टोली अनुसन्धानका लागि त्यसतर्फ पठाउन लागिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जानकारी दिए ।
सीआईबीका एसएसपी दिनेश आचार्यले शनिबार डीएसपीको नेतृत्वमा सामुहिक हत्याको अनुसन्धान गर्न टोली पठाउने तयारी भइरहेको जानकारी दिए ।
हत्यारा पत्ता नलागेसम्म पीडित परिवारले शव नबुझ्ने बताएका छन् । चारजनाकै शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।
उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या भएको अनुसन्धानबाट खुलेको छ ।
















प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया