वीर र शसस्त्र प्रहरी अस्पतालको चिकित्सक बोकेर रुकुमका लागि उड्यो सेनाको स्काई ट्रक
मेरोन्यूज
२०८० कार्तिक १८ गते ८:१२

काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालका स्वास्थ्यकर्मी सहितको टोली बोकेर सेनाको स्काई ट्रक पश्चिम रुकुमका लागि उडेको छ ।
सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुबाट डा रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टिम र वीर अस्पतालबाट ६ जना गरेर १५ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले दिएको जानकारी अनुसार उनीहरु पहिले रुकुम पुग्ने र आवश्यक मात्रामा जाजरकोट समेत जाने गरि उडेका हुन् ।
दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको एसएसपी खड्काले बताए ।
सम्बन्धित
















टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
प्रतिक्रिया