प्रहरीले भन्यो- भूकम्प पीडितका नाममा सहयोग गर्ने बेला ठगिनु होला

काठमाडौं । नेपाल प्रहरीले भूकम्प पीडितका नाममा सहयोग गर्ने बेला ठगिन सक्ने तर्फ सर्वसधाराणलाई सचेत गराएको छ । प्रहरीले सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्थाहरू आधिकारिक हो वा होइन भन्ने निश्चित गरेर मात्रै सहयोग गर्न आग्रह गरेको छ।
पश्चिम नेपालको जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति भएपछि सहयोगका नाममा सर्वसाधारणलाई ठग्न सक्नेतर्फ सचेत गराएको हो ।
भूकम्पपछि सहयोग गर्नेहरूले सामाजिक सञ्जालमार्फत विभिन्न अपिल गरिरहेका छन्।
त्यस्ता व्यक्ति वा संस्थाहरूबाट ठगिने सम्भावना औंल्याउँदै प्रहरीले आधिकारिकता पुष्टि गरेर मात्रै सहयोग गर्न आग्रह गरेको हो।
‘भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीले भनेको छ ।
पश्चिम नेपालमा शुक्रवार राति गएको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
सरकारले राहत तथा उद्धारका लागि तयारी गर्दै सक्रियता बढाएको छ।
















विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया