१० करोड मूल्य बराबरको पाल, कम्बल सहयोग गर्ने चीनको पारम्भिक घोषणा
मेरोन्यूज
२०८० कार्तिक १८ गते १८:५१

काठमाडौं । नेपाललाई चीनले १० करोड मूल्य बराबरको पाल, कम्बल सहयोग गर्ने भएको छ । पश्चिम नेपालको जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएपछि चीनले आपतकालिन रुपमा प्राथमिक रुपमा यो सहयोग गर्न लागेको बताएको छ ।
उसले यसलाई पहिलो आपतकालिन सहयोगको रुपमा घोषणा गरेको हो । नेपालस्थित चिनियाँ राजदूतले सामाजिक सन्जाल मार्फत त्यस्तो सहयोग दिन लागेको बताएका हुन् ।
ती सामाग्रीहरु एक दुई दिनभित्रै काठमाडौं आईपुगिसक्ने पनि बताइएको छ ।
‘पाल, कम्बल लगायत भूकम्प प्रभावित क्षेत्रलाई १० करोड नेपाली मूल्य बराबरको सामग्री उपलब्ध गराउने छौं,’ राजदूतले सहयोग घोषणा गदैं भनेका छन्,–‘यी सबै सामग्री बाटोमा छन्, एक दुई दिनमा आइपुग्छ।’

सम्बन्धित
















टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया