जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०८० कार्तिक १९ गते १०:१०

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उनले बताए ।
दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















30 Killed in Traffic Accident in Northern Nigeria
Three youths from Khotang dead, one missing in coal mine blast in India’s Meghalaya
भोजपुर को ४७५जना आँखा रोगीले गाउँघरमै पाए सेवा
बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया