शनिबार, माघ २४, २०८२

कांग्रेसले दुई साता पछि सार्‍यो महासमिति बैठक

मंसिर २९ देखि महासमिति बैठक गर्ने कार्यसम्पादन समितिको नयाँ निर्णय

मेरोन्यूज २०८० कार्तिक १९ गते १२:१९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पार्टीको महासमिति बैठक दुई साता पछि सरेको छ ।

पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पले ठूलो धनजनको क्षति गरेपछि कांग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका कार्यक्रम तिहारसम्म स्थगित गरि महासमिति बैठक पनि दुई साता पछि सार्ने निर्णय गरेको हो ।

बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो । यसअघि मंसिर १५ देखि १५ गतेका लागि मिति तोकिएको थियो ।

प्रतिक्रिया