भुकम्पमा घाइते भएका १४६ जनाको डिस्चार्ज, ११० को उपचार जारी

काठमाडौँ । जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट घाइते भएका १४६ जना डिस्चार्ज भएका छन् । जाजरकोट, रुकुम पश्चिम, दैलेख र सल्यानका ११० जना घाइतेहरूको नेपालगन्ज, सुर्खेत, काठमाडौं, दाङ लगायतका अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
उपचार गराइरहेका घाइतेमध्ये जाजरकोटका ६० जना रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा २६, मेडिकल कलेज कोहलपुर नेपालगन्जमा २, प्रदेश अस्पताल सुर्खेतमा १८ र सम्बन्धित जिल्ला लगायत मातहतमा १४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
रुकुम पश्चिममा ४५ जना घाइतेमध्य भेरी अस्पतालमा नेपालगन्जमा १३, प्रदेश अस्पताल सुर्खेत १४, टिचिङ अस्पताल काठमाडौंमा ८ र जिल्ला माहतमा १० जनाको उपचार भइरहेको छ।
दैलेखका १ र सल्यानका २ जना घाइतेको पनि अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । दैलेखका घाइतेको प्रदेश अस्पताल सुर्खेतमा र सल्यानका दुई जना घाइतेको सिटी अस्पताल तुल्सिपुर दाङमा उपचार भइरहेको गृहले बताएको छ।


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया