शनिबार, वैशाख ५, २०८३

निफ्राले घोषणा गर्‍याे लाभांश

मेरोन्यूज २०८० कार्तिक २१ गते ११:३०

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले लाभांश प्रस्ताव गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंया नगद लाभांस (लाभांस कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया