अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडौँ । अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
खराब शुरुवात गरेको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अविजित २०१ रन बनाउदै अस्ट्रेलियालाई जिताएका थिए । म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २०१ रन बनाएका थिए ।
९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेल र कप्तान पाट कमिन्सले अविजित रहदै जिताएका थिए । दुवैले आठौँ विकेटका लागि २०२ रनको साझेदारी गरेका थिए ।
यसअघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाउँदै २९१ रन बनाएको थियो ।
योसँगै अस्ट्रेलियाको ८ खेलमा १२ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । साथै भारत र दक्षिण अफ्रिकासँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै अफगानिस्तानको ८ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा छ ।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया