बेचबिखनको जोखिमा परेका एक हजारभन्दा बढीको उद्धार

सुदूरपश्चिम । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।
धनगढीमा मङ्गलवार आयोजित कार्यक्रममा सार्बजनिक गरिएको तथ्याङ्कअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिमा भारतसहित अन्य मुलक पुगेका ८७ व्यक्तिलाई उद्धार गरेर ल्याइएको जानकारी दिइयो ।
तीमध्ये कतिपयलाई बिदेशबाट र अन्य कतिपयलाई नेपाल—भारत सीमा नाकाबाट उद्धार गरिएको पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक संजित सिंहले बताए ।
“निरक्षर महिलालाई विभिन्न प्रलोभन दिएर ललाईफकाई भारतसहित विभिन्न मुलुकमा पु¥याउने घटना भइरहेका छन्”, उनले भने, “बेचिनेमा खासगरी एकल, निरक्षर र बेरोजगार महिला बढी छन् ।”विभिन्न प्रलोभन दिएर ललाईफकाई निरक्षर महिलालाई बेचबिखनको फन्दामा पार्नेमा गिरोह नै सक्रिय रहेको जानकारी दिए ।
सो अवधिमा प्रहरीको रोहवरमा एक हजार चारसय ४९ जानालाई सम्बन्धित परिवारमा हस्तान्तरण गर्नाका साथै २६हजार नौसय ८७ महिला तथा बालबालिकालाई परामर्श दिइएको बताइएको थियो ।
उक्त संस्थाको अध्ययनअनुसार फोन तथा इन्टरनेटको सहज पहुँच बढ्दा नेपालमा पछिल्ला वर्षमा मानव बेचबिखन अपराधका नयाँ घटनाहरु देखिन थालेका छन् ।
इन्टरनेट, मोबाइल फोनलगायत सामाजिक सञ्जालको सहज पहुँचका कारण मानव बेचबिखन तथा ओसारपसार रोकथाममा अर्को चुनौति थपिएको संयोजक सिंहले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाथारुले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध उपमहानगरपालिकाले यस संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
पुनस्र्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले आगामी दिनमा स्थानीय तहसँग पनि हातेमालो गरी मानब बेचबिखन विरुद्धको अभियानलाई सक्रिय बनाइने बताए ।
वि सं २०५०देखि काम गर्दै आएको सो संस्थाले विगतमा सिन्धुपलाञ्चोक, रसुवा, मकवानपुर ,चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा मानव बेचबिखन तथा ओसार पसार रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै सीमामा निगरानी, पैरवी, तथा जनचेतनामूलक कार्य गर्दै आएको छ ।
सो क्रममा सरोकारवाला निकाय, संस्था र व्यवसायीसँगको समन्वय तथा सम्पर्क गरेर मानब बेचबिखन तथा ओसारपसारको कामलाई हतोत्साही पार्ने, भारतलगायत तेस्रो मुलुकमा मानव बेचबिखनमा परेकाहरुलाई उद्धार गरी नेपाल फिर्ता गर्न पहल गर्ने, उद्धार पश्चात् उनीहरुलाई सुरक्षित आवास, सीपमूलक तालिम,कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरेर परिवार र समाजमा ससम्मान पुनस्र्थापना गर्ने जस्ता गतिविधि पनि गर्दै आइएको जनाइएको थियो ।
















पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
बैतडीको सिगासमा एक पुरुष मृत फेला
Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया