एन्फाको विशेष साधारण सभा आज, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा
८७ जनालाई मात्र मताधिकार, ५८ मत विपक्षमा परे वर्खास्तीमा पर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज हुँदैछ । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा हुन लागेको विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सम्बन्धी छ । अध्यक्षको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने बताइएको छ ।
एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।
तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । एन्फाको कूल १०७ सदस्य ९जिल्ला, क्लब, संघ० मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।
यस आधारमा अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।
महासचिवको बर्खास्तगीको पनि माग भएपनि अध्यक्ष नेम्वाङले विधान अनुसार, महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै आफ्नो मात्र एजेन्डा विशेष साधारणसभामा समावेश गरेका हुन् ।
२०७९ असारमा भएको एन्फा निर्वाचनमा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्वाङ अध्यक्ष बनेका थिए । तर नेम्वाङ नेतृत्वले एक वर्ष बितिसक्दा पनि अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै कर्मा शेर्पासहित असन्तुष्ट पक्षले अध्यक्ष र महासचिवलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।
















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया