मुस्ताङमा हिउँचितुवाको आक्रमणबाट ७७ च्याङ्ग्रा मरे

पोखरा । मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै सय च्याङ्ग्रा मरेका छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका २ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेपछि गोठ नै रित्तो गरेको हो ।
‘७७ वटा च्याङ्ग्रा गोठमै मरेका भने ३ वटा घाइते भएकाछन् । बाँच्ने अवस्था छैन,ु स्थानीय छिरिङ गुरुङले भने, ुसाह्रै ठुलो क्षति भयो ।ु ४ वटा चितुवा एकै पटक छिरेर आक्रमण गरेको रहेछ ,छ’ ।
स्थानीय मिङ्मर गुरुङको ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । तरबार सहितको खोरमा छिरेर आक्रमण गरेको मुस्ताङका प्रहरी प्रमुख भोज पाण्डेले बताए ।
गोठमा ८० वटा च्याङ्ग्रा थिए । सबैजसो क्षति भएको छ,ु राती नै चितुवा पसे पनि बिहान मात्रै थाहा भएको रहेछ उनले भने,।ु घटनास्थलमा जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रतिनिधि जाँदै छन् ।
हिउँचितुवाको आक्रमणले क्षति भएको यो सबैभन्दा ठुलो सङ्ख्या हो ।
















नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
बैतडीको सिगासमा एक पुरुष मृत फेला
Infrastructures development face systemic problems: President Thapa
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया