काठमाडौंमा हल्का वर्षा
मेरोन्यूज
२०८० कार्तिक २५ गते १६:१३

काठमाडौं । काठमाडौंमा हल्का पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले अहिले काठमाडौं उपत्यकाका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ।
उपत्यकासहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
काठमाडौंमा ३० असोजपछि आज पानी परेको हो । असोज ३० मा काठमाडौँमा ८.२ मिलिमिटर वर्षा मापन भएको थियो ।
अहिले पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो।
काठमाडौंका एक–दुई स्थानमा भइरहेको वर्षा केहीबेरमा रोकिने पनि महाशाखाले जनाएको छ । पानी परेपछि काठमाडौंमा चिसो महशुस गरिएको छ।
काठमाडौंको आजको न्यूनतम तापक्रम ९.९ डिग्री रहेको पनि मौसमविद् झाले जानकारी दिए।
काठमाडौंको मौसममा आज रातिदेखि नै सुधार हुने विभागले जनाएको छ ।
सम्बन्धित









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया