फूडमान्डुले मनायो १३ औं वार्षिकोत्सव

काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३ औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहिको लागि पहिलो रोजाई हुन सफल भएको छ ।
यस अवसरमा बोल््दै फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले भने, “फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ हामीले आजभन्दा १३ वर्ष अगाडि फूडमान्डुको शुरुवात गरेका थियौँ । आजको दिनसम्म हाम्रा प्रयोगकर्ताहरूले दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ । हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पु¥याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरुप्रति हामी आभारी छौँ ।”
यसै गरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले भने, “ फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको छ, जुन हामी सबैको लागि महत्वपूर्ण कोशेढुंगा हो । हाम्रो यो कोसेढुङ्गासम्म ल्याइपु¥र्याउनुहुने हाम्रा ग्राहकहरुलाई धन्यवाद दिनको लागि हामीले “टिन इयर म्याजिक” अफर ल्याएका छौँ । यो अफर अन्तर्गत हामीले कम्बोमा ५१% सम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५% सम्म फ्ल्याट छुट सहित विभिन्न अफरहरू प्रदान गरिरहेका छौँ । यसका साथै हामीले वार्षिकोत्सवको दिनमा अर्थात कार्तिक २५ मा प्रत्येक अर्डरमा प्रोमो कोड “TeenYearMagic” को प्रयोगमा थप १३% छुट पनि दिइरहेका छौँ । हाम्रो वार्षिकोत्सवलाई अझ उत्साहपूर्ण बनाउन हामीले विभिन्न रेष्टुरेन्टहरूबाट निशल मिठाईहरू पनि प्रदान गर्दैछौँ । साथै मःमः,चिकेन विङ्ग जस्ता अर्डरहरुमा ३ पिस थप गरेर १३ पिस प्रदान गर्दैछौँ । यससँगै नोभेम्बरको अन्त्यसम्म हरेक दिन विभिन्न सरप्राइज अफरहरू पनि छन् ।”
फुडमाण्डुले विभिन्न चरणहरुमा लगानी संकलन गर्न सफल भएको छ । सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गर्न सफल भएको थियो भने सन् २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो । झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको थियो ।
सुरुवाती दिनहरुमा केवल १० मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कलमार्फत नै अर्डर दिन्थे । तर आजको दिनमा ९५५ अर्डरहरू फूडमान्डुको मोबाइल एप मार्फत आउँछ, जुन अहिलेसम्म ५,००,००० भन्दा बढीपटक डाउनलोड भइसकेको छ ।
यो संख्याले कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्वपूर्ण परिवर्तनलाई देखाएको छ । साथै सुरुवातमा केवल १० वटा रेस्टुरेन्टहरू मात्र आवद्व थिए भने आजको दिनमा १४०० रेस्टुरेन्टहरू आवद्व छन् भने २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन् । फूडमान्डुले आजसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नुपर्ने बाध्यता पनि हटेपछि अझै बढी ग्राहकहरुले फूडमान्डु मार्फत अर्डर गर्न थालेका छन् ।


















कांग्रेस विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया