फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

काठमाडौँ । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा युएईले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
युएईका लागि कप्तान अलि मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो ।
पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए ।
खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो । उक्त गोल अली मखबूटले गरेका थिए । यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । यस्तै युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे ।















सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया