महिला टी २० : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

हङकङ । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले जापानलाई १ सय १४ रनको लक्ष्य दिएको छ ।
वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनाएको हो ।
रुविना क्षेत्री बेलवासेले ३८ रनमा बोल्ड आउट भईन्। नेपालका लागि सर्वाधिक रन बनाएकी रुविना ३२ बलमा ५ चौका प्रहार गर्दा बोल्ड आउट भईन्।
ओपनर पुजा महतो १३ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। सीता राना मगर ९ रनमा बोल्ड आउट भईन्।
कप्तान इन्दु बर्मा २७ रनमा क्याच आउट भईन्। कप्तान इन्दु ३१ बलमा २ चौका हानिन्।
काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे। काजल ७ बलमा ३ चौका प्रहार गरिन्।
जापानविरुद्धको खेलबाट तिव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छिन्। लुम्बिनी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिईन्।
यसअघि सिरिजका दुवै खेलमा पराजित नेपाल र जापान पहिलो जितको खोजीमा छन्।
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया