मंसिर ८ मा मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्ने
मेरोन्यूज
२०८० मंसिर ५ गते १२:३३

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि आवेदन खुल्ने भएको छ ।
बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारमा गएका नेपाली नागरिक कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सम्बन्धित















एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया