नेपाल आइपुग्यो भारतले दिएको मुर्रा राँगा, कहाँ- कहाँ हुँदैछ वितरण ?

काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारतले नेपाललाई दिने भनेको १५ वटा मुर्रा राँगा नेपाल आइपुगेको छ ।
राँगाहरु बुधबार बेलुकी नेपालगञ्जको रूपैडिया नाकामा पशु सेवा विभागका कर्मचारीले बुझेका छन् । भारतले रुपैडिाया नाकामा ल्याएर नेपालका अधिकारीहरुलाई १५ वटा मुर्रा राँगा बुझबुझारथ गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत जेठ१८ देखि २१ सम्म नयाँ दिल्ली भ्रमणमा रहेका बेला भारत सरकारले नेपाललाई १५ वटा मुर्रा राँगा अनुदानमा दिने बताएको थियो । त्यसपछि संसदमा समेत यो विषयले निक्कै बहस भएको थियो । प्रतिपक्षीले प्रधानमन्त्रीको भारत भ्रमण मुर्रा राँगा माग्नेमा मात्र सफल भएको भन्दै निक्कै आलोचना गरेका थिए ।
त्यसबेला प्रधानमन्त्रीसँग ब्यक्त गरेको प्रतिबद्धता अनुसार नेपाललाई आज भारतले राँगा बुझाएको हो ।
सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो।
अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच(पाँच वटाको दरले बाँड्ने मन्त्रालयले निर्णय गरेको छ ।
















वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया