नयाँ रेकर्ड बनाएको सुनको भाउ बिहिवार भने स्थिर
मेरोन्यूज
२०८० मंसिर १४ गते ११:१६

काठमाडौँ । लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहिवार भने स्थिर रहेको छ।
नेपाली बजारमा तीन दिन देखि नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने स्थिर रहको हो।
अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला एक हजार छ सय रूपैयाँले बढेर सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
बुधबार प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन आज (बिहिवार) पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बिहिवार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
सम्बन्धित
















इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
प्रतिक्रिया