जिम्बाबेलाई पराजित गर्दै युगाण्डा टी- २० विश्वकपमा छनाेट

काठमाडौँ । अफ्रिकी क्षेत्रबाट युगाण्डा टी- २० विश्वकप छनाेट भएको छ । युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो ।
योसँगै युगाण्डा पहिलो पटक टी- २० विश्वकपमा छनौट भएको छ । अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा छनौट भएसँगै टेस्ट खेल्ने देश जिम्बाबे टी- २० विश्वकपमा छनौट हुन असफल भएको छ । जिम्बाबे यसअघि ६ पटक टी-२० विहस्व्क्पा खेलेको थियो ।
साथै यस अघि २००७ मा टी- २० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनौट हुन असफल भएको छ । ७ देशले विश्वकपको छनौटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया भने यसअघि नै बाहिरिइ सकेका थिए ।
















ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया