काठमाडौँमा आजदेखि कला उत्सव सुरु

काठमाडौँ । काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ ।
कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनेका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौँ आइसकेका छन् । कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पु¥याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिए ।
कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ ।
अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको मकला महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ । उद्घाटनपछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए ।
उनले झण्डै रु १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराई कला सृजना गराइने छ ।
धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्र जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामू पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ ।


















पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया