कृषि उद्यममा लगानी बढाउँदै झापाको सहकारी

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले बचत तथा ऋण कारोबारसँगै रोजगारी सिर्जना हुने कृषि, उद्योग र व्यापारमा उल्लेख्य लगानी गरेको छ ।
संस्थाले डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योगमा रु ७० करोड ५१ लाख ३७ हजार तीन सय चार लगानी गरेको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बताए । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा प्रधान कार्यालय रहेको यस संस्थाको ५८ वटा सेवा केन्द्र झापा, मोरङ र इलाम जिल्लामा सञ्चालनमा छन् ।
सबैभन्दा बढी लगानी एनएमसी एग्रो फार्ममा रहेको छ । मेचीनगर–१४ दुहागढीमा १६ बिघा क्षेत्रफलमा सञ्चालित उक्त फार्ममा संस्थाले रु २२ करोड ७५ लाख ९६ हजार आठ सय ३४ लगानी गरेको छ ।
अध्यक्ष शिवाकोटीका अनुसार पाँच वर्षअघि स्थापित उक्त फार्ममा हाल ८० वटा उन्नत जातको गाईपालन, ५० वटाभन्दा बढी कृषियन्त्र रहेको ‘कस्टम हाइरिङ’ सेवा, ५० घार मौरीपालन, पाँचवटा पोखरीमा माछापालन र हाँसपालन भइरहेको छ ।
कृषि तथा पशुपालनलाई व्यावसायिकरूपमा अघि बढाउने उद्देश्यका साथ सञ्चालित उक्त फार्ममा वार्षिक १४ लाख केजी साइलेज ९पशु आहार० र फलफूल र तरकारीका एक लाख ७५ हजार बिरुवा उत्पादन हुँदै आएको छ । फार्मबाट उत्पादित महलाई संस्थाले आफ्नै ब्राण्डमा बजारमा बेच्न सुरु गरेको छ ।
संस्थाले ‘एनएमसी’ ब्राण्डको चिया, मह र डेरीका उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ । दुई वर्षअघि मात्र चिया क्षेत्रमा प्रवेश गरेको सहकारीले झापाको मेचीनगर–३ सुरेन्द्रनगर, इलामको सिद्धपोखरी र साँघुबेँसीमा गरी तीनवटा चिया कारखाना सञ्चालन गरिरहेको छ ।
तीनवटै कारखानाबाट ‘अग्र्यानिक अर्थोडक्स’ चिया उत्पादन हुँदै आएको छ । जसको ८५ प्रतिशत उत्पादन विदेशमा निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा एनएमसीले रु दुई करोड दुई लाख १३ हजार छ सय छ मूल्यबराबरको ८६ हजार पाँच सय ७८ केजी अग्र्यानिक चिया भारत निकासी गरेको संस्थाका पूर्वअध्यक्ष रामचन्द्र उप्रेती बताउँछन् ।
आफ्नै फार्म र संस्थाका सदस्य किसानले उत्पादन गरेको वस्तु बिक्रीका लागि संस्थाले झापामा १६ र इलाममा एउटा गरी १७ वटा सुपरमार्केट शैलीका सुपथ सहकारी पसल सञ्चालन गरिरहेको छ ।
चार वर्षअघि सुरु भएको एनएमसी सहकारी पसलमा संस्थाले रु १९ करोड ९२ लाख १७ हजार छ सय १० लगानी गरिसकेको छ । गुणस्तरीय सामग्रीको बिक्री गर्ने पसलका रूपमा यसका बिक्री पसलले आम उपभोक्तामाझ अलग र विश्वसनीय पहिचान बनाएको उप्रेतीको दाबी छ ।
संस्थाले सञ्चालन गरेको अर्को महत्त्वपूर्ण व्यवसाय डेरी उद्योग हो । मेचीनगर–८ मा स्थापना भएको एनएमसी डेरी उद्योगले स्थानीय किसानबाट दैनिक १५ हजार लिटर कच्चा दूध सङ्कलन गरी प्रशोधन गर्दै आएको छ ।
आठ वर्षअघि स्थापना भएको उक्त उद्योगमा संस्थाले रु १५ करोड लगानी गरेको जनाएको छ । उद्योगमा छ हजार पाँच सय किसान प्रत्यक्षरूपमा जोडिएका छन् भने दैनिक सरदर रु १३ लाखको कारोबार भइरहेको बताइएको छ ।
उद्योगले कच्चा दूधलाई प्रशोधन गरी प्रशोधित दूध, दही, पनिर, नौनी, घिउ, मिठाइ उत्पादन गर्दै आएको उद्योगका डेरी व्यवसाय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
विसं २०५० मा स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा हाल एक लाख ५० हजार सदस्य छन् । आव २०७९÷८० मा संस्थाको सेयर पुँजी रु एक अर्ब ४० करोड र निक्षेप मौज्दात रु नौ अर्ब ३८ करोड ३० लाख २९ हजार छ सय ८५ रहेको थियो ।
संस्थाले कृषि तथा उद्योग व्यवसायमा लगानी बढाएसँगै रोजगारीको उल्लेख्य सिर्जना भएको छ । हाल संस्थामा एक हजार एक सय ४४ जना वैतनिक कर्मचारी कार्यरत छन् ।
बचत तथा ऋण व्यवसायमा नौ सय ७९, सहकारी पसलमा एक सय १०, डेरी व्यवसायमा ७९, एग्रो फार्ममा ५८, चिया व्यवसायमा ५७ र कर्पोरेट कार्यालयमा ४३ जना कर्मचारी कार्यरत छन् ।
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया