भारतीय खेलाडी सुभयान कुण्डुले जीते हेटौँडा कप बुद्धिचालको उपाधि

मनहरी । नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा छ दिनसम्म सञ्चालन भएको एसियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका दुई हजार तीन सय ९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जीतेका छन् ।
उनले नौ चरणको प्रतिस्पर्धामा छ जीत र तीन बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क बनाएर नगद एक लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भएका हुन् । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भए पनि बङ्गलादेशका एफएम सरिफ होसेन माथि जीत हात पार्दै एकल विजेता बनेका हुन् ।
नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सात-सात अङ्क जोड्दै उपविजेता बनेका बङ्गलादेशका आइएम मोहम्मद मीनहाज उद्दिनले नगद रु ७५ हजार र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दरप्रीत सिंहले नगद रु ४० हजार जित्न सफल बनेका छन् ।
होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बङ्गलादेशका मो। सरिफ होसेन, भारतका अमरदीप बर्तके, बङ्गलादेशका आइएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अङ्क प्राप्त गर्दै चौथौँदेखि दशौँ स्थानमा समेटिन सफल बनेका थिए ।
हेटौँडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआइएम शुश्रुत दाहाल बाह्रौँ, डेबोस्निक तेह्रौ, आशिष राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौँ स्थान हासिल गर्न सफल भएका थिए ।
यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिंह प्रधान दोस्रो, उत्कृष्ट महिला खेलाडी श्रीलङ्काका सचिनि रानासिङ्घे प्रथम, इसानाभि दोस्रो भएका छन् ।
मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण एवं समापन समारोहमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हीराकाजी महर्जन, नेपाल खेलकुद महासङ्घका अध्यक्ष परशुराम बस्नेत, प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठबाट विजयी खेलाडीलाई नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया