सिरहाको लहान साइकलस्टोरमा आगलागी

सिरहा । सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ ।
लहान गरपालिका–३ स्थित नेपाल साइकल स्टोरमा आज आगलागी हुँदा करिब रु ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबलगायतका पार्टपुर्जाहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
आगलागीमा करिब रु ६० लाख बरावरको धनमाल जलेको प्रारम्भिक अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । आगलागीको कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी पाण्डेले बताए । लहान नगरपालिका र गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रण भएको थियो ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
प्रतिक्रिया