सोमबार, चैत ३०, २०८२

‘सीआईडी’का इन्सपेक्टर दिनेश फडनिसको निधन

मेरोन्यूज २०८० मंसिर १९ गते १३:३१

काठमाडौं । सोनी टिभीको चर्चित टिभी शो ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडनिसको निधन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

दिनेशको निधन भएको पुष्टि सिआइडीमा दयाका भूमिकामा देखिने उनका को-स्टार दयानन्द शेट्टीले गरेका हुन् ।

‘दिनेश लामो समयदेखि बिमारी थिए। उनलाई हृदयाघात भएको थिएन। स्वास्थ्यमा समस्या देखिएको थियो। मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो,’ शेट्टीले भने।

भारतीय सञ्चारमाध्यमकाका अनुसार ५७ वर्षीय दिनेशले सोमबार राति करिब १२ बजे मुम्बईको तुंगा अस्पतालमा अन्तिम सास लिएका थिए।

उनको अन्तिम संस्कार मंगलबार दिउँसो बोरिवली पूर्व, मुम्बईमा गरिने भएकाे छ।

प्रतिक्रिया