‘सीआईडी’का इन्सपेक्टर दिनेश फडनिसको निधन
मेरोन्यूज
२०८० मंसिर १९ गते १३:३१

काठमाडौं । सोनी टिभीको चर्चित टिभी शो ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडनिसको निधन भएको छ ।
दिनेशको निधन भएको पुष्टि सिआइडीमा दयाका भूमिकामा देखिने उनका को-स्टार दयानन्द शेट्टीले गरेका हुन् ।
‘दिनेश लामो समयदेखि बिमारी थिए। उनलाई हृदयाघात भएको थिएन। स्वास्थ्यमा समस्या देखिएको थियो। मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो,’ शेट्टीले भने।
भारतीय सञ्चारमाध्यमकाका अनुसार ५७ वर्षीय दिनेशले सोमबार राति करिब १२ बजे मुम्बईको तुंगा अस्पतालमा अन्तिम सास लिएका थिए।
उनको अन्तिम संस्कार मंगलबार दिउँसो बोरिवली पूर्व, मुम्बईमा गरिने भएकाे छ।
सम्बन्धित









महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया