दमकमा घरदैलो स्वास्थ्य उपचार : ज्येष्ठ नागरिकसहित ३९० लाभान्वित

झापा । दमक नगरपालिकाका ९० वर्षमाथिका ज्येष्ठ नागरिकसहित पूर्ण अशक्त भएकालाई लक्षित गरेर सुरु गरिएको घरदैलो स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाअन्तर्गत रहेको दमक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले दमकका १० वटै वडाका लक्षित समुदायलाई घरघर पुगेर स्वास्थ्य सेवा प्रदान गरिने कार्य प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सुरु गरेको यस कार्यक्रमबाट पहिलो चरणमा लाभान्वित तीन सय ९० बिरामीलाई दोस्रो चरणको अभियान थालिएको नगरप्रमुख रामकुमार थापाले बताए ।
पहिलो चरणमा ९० वर्षमाथिका ज्येष्ठ नागरिक र (क)वर्गका अपाङ्गता गरी जम्मा तीन सय ९० जनालाई घरदैलो उपचार सेवा उपलब्ध गराइएको थियो । दमकभित्र ९० वर्षमाथि (क) वर्गका पूर्ण अपाङ्गता भएकाको सङ्ख्या चार सय चार रहेको छ ।
नगरप्रमुख थापाका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायको स्वास्थ्य सेवामा जोड दिन यस किसिमको कार्यक्रम सुरु गरिएको हो । दमकमा यो कार्यक्रम पहिलोपटक सञ्चालनमा रहेको र यसले हामी जस्ता कमजोर आर्थिक अवस्था भएका र घरैमा थन्किएका समुदायलाई निकै राहत पुगेको दमक–२ का ९० वर्षीय ज्येष्ठ लेखनाथ शर्माले बताए ।
अभियानमा नगरप्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसार्इं, दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण साह, सामाजिक विकास शाखा प्रमुख केशव प्रसाईं, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारी, स्वास्थ्य शाखा, नर्सिङ स्टाफ तथा कार्यक्रमकी स्रोत व्यक्ति कमला पौडेल, स्वास्थ्यकर्मी, सम्बन्धित वडाका वडाध्यक्ष तथा वडा सदस्यलगायत संलग्न छन् ।
घरदैलोका क्रममा टोलीले स्वास्थ्य जाँचसहित सुगर, प्रेसर जाँच गर्नुका साथै औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । सो समुदायलाई नौ थान ह्वील चियर, एक थान बेड, एक थान वाकर र एक थान बेवी चियर, हिँड्न सहायता चाहिने ९० जनालाई लौरो वितरण गरिएको छ । अति विपन्नलाई ५० किलोग्राम चामल र दुई किलोग्राम दालसमेत उपलब्ध गराइएको छ । त्यहाँ घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
















रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया