कञ्चनपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद आगामी पुसमा

कञ्चनपुर । कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।
जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस महिनाभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिए ।
यसैगरी आगामी माघ महिनाको दोस्रो साता यहाँको कृष्णपुर नगरपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । “प्रतियोगितामा प्रत्येक पालिकामा ३० देखि ४० विद्यालय सहभागी हुनेछन् ।” उनले भने“कञ्चनपुरकाट प्रदेशस्तरीय रनिङ शिल्डमा एक सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।”आगामी माघको अन्तिम वा फागुनको पहिलो साता सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्ड आयोजना हुनेछ । प्रतियोगितामा भलिबल, कवड्डी, एथ्लेटिक्स, तेक्वान्दो कराते र उसु खेल खेलाइने कार्यालय प्रमुख भट्टले जानकारी दिए ।
यसैगरी गतवर्ष भएको सुदूरपश्चिम प्रदेशस्तरीय रनिङ शिल्डमा कैलाली प्रथम र कञ्चनपुरले दोस्रो स्थान हात पारेको थियो ।
















किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया