माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ
मेरोन्यूज
२०८० मंसिर २२ गते १८:२५

काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुम्ला हिमा गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई ७ लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
शाहीले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सम्बन्धित
















फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया