सेयर बजारमा उतारचढाव, एक घण्टामै २ अर्बमाथिको कारोबार
मेरोन्यूज
२०८० मंसिर २५ गते १२:३४

काठमाडौं । साताको दोस्रोदिन सोमबार सेयर कारोबार निकै उतारचढाव देखिएको छ । सुरुदेखि नै बजारमा कारोबार रकम ह्वात्तै बढेको छ ।
आज प्री-ओपनिङ सेसनमा नेप्से २५.५५ अंकले बढेको थियो।
कारोबारको सुरुसुरुमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । नियमित कारोबार सुरु भएको एक घन्टामै २ अर्ब ८ करोड रुपैयाँको कारोबार भयो ।
समाचार तयार पार्दासम्म २८५ कम्पनीको ७२ लाख ४९ हजार ७९६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ९५ लाख ५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आइतबार लगातार तेस्रो सर्किट ब्रेक लागेर बजार १२ः२७ बजे नै दिनभरिका निम्ति बन्द गरिएको थियो । आइतबार ९ मिनेटको सेयर कारोबारमा एक ४८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया