काठमाडौँमा अन्तरराष्ट्रिय बालकला मेला सुरु, त्रिदेशीय कला प्रदर्शनी

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र जीपी कोइराला फाउण्डेशन (कला र संस्कृति विभाग) को संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा अन्तरर्राष्ट्रिय बाल कला मेला सुरु भएको छ ।
प्रतिष्ठानमा सुरु भएको अन्तरराष्ट्रिय बाल कला मेलाको आज प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र भारतीय कलाकार अजित राय चौधरीले उद्घाटन गरेका हुन् । नेपाल, भारत र बङ्गलादेशका बालबालिकाका कलाकृति राखिएको प्रदर्शनी यही मङ्सिर २८ गतेसम्म चल्नेछ ।
समारोहमा कुलपति हार्तम्छालीले कला राजनीति जस्तो नभई सुषुप्त रूपमा अघि बढेर जाने विषय भएको उल्लेख गर्दै भने, “जुन रूपमा कलाकृतिको प्रदर्शनी भएको छ, यो सजिलो तबरले भएको पक्कै होइन । यसमा तीन वटा देशका सृजना आएका छन् । यो कला एकताको सन्देश पनि हो ।”
उनले प्रदर्शित कला पुस्ता हस्तान्तरणको कामसमेत भएकाले यसको भविष्य पनि सुन्दर रहेको बताए । अग्रज कलाकार राधेश्याम मुल्मीले कला संसारभरिको भाषा भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले चलेका कलाकारलाई मात्र प्रचारप्रसार नगरेर बालबालिकालाई पनि अघि बढाउने प्रयत्न स्वरूप यस कार्यक्रम गरिएको बताए । उनले भने, “यो प्रदर्शनी प्रदर्शनी मात्र नभएर भविष्यमा कसरी मनोज्ञवैज्ञानिक तबरले बालबालिकाको उन्नति गर्न सकिन्छ भन्ने कुराको दीर्घकालीन सोच पनि हो ।”
प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ पाल्साङ्मो लामा, कलाकारहरु प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, प्राज्ञ मिथिलादेवी, रमेश खनाललगायतले तीन देशका बालबालिकाको कला प्रदर्शनीले संस्कृति आदानप्रदानमा सहयोग पुग्ने बताएका थिए ।
















अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया