‘मेलम्चीको पानी, हामीले कहिले खाने ?’
मेरोन्यूज
२०८० पुष ४ गते १४:०३

काठमाडौं। मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीबिरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलब्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले मेलम्चीको पानी हामीले कहिले खाने रु,मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गरलगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा वितरण हुन नसकेको बताए । उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको जिकिर गरे।
मेलम्ची खानेपानीमा अब पनि ढिलाइ भए थप आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया