अग्रिम बुकिङमा प्रभासको ‘सालार’ले शाहरुखकाे ‘डंकी’लाई पछाडि छाड्याे

मुम्बइ । शाहरुख खानको फिल्म ‘डंकी’ आजबाट हलमा रिलिज भएको छ ।
भोलि अर्थात २२ डिसेम्बरमा सुपरस्टार प्रभासको फिल्म ‘सालार’ पनि हलमा रिलिज हुँदैछ ।
यो फिल्मको ठूलो अग्रिम बुकिङ छ, सालारले प्रि–टिकट बिक्रीमा शाहरुख खानको ‘डंकी’लाई पनि पछाडि छोडेको छ।
यस फिल्मबाट प्रभासले धेरै अपेक्षा राखेका छन् भने ट्रेलर हेरेपछि फ्यानहरु पनि उत्सुक छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म ‘सालार’ को १४ लाख ४६ हजार ७४ टिकट बिक्री भइसकेको छ । योसँगै प्रभास स्टारर फिल्मले अग्रिम बुकिङमा ३०.२८ करोड भारु कलेक्सन गरिसकेको छ । यस्तो अवस्थामा यो फिल्मले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढी कलेक्सन गर्ने अनुमान गरिएको छ ।
‘सालार’ले अग्रिम बुकिङमा शाहरुख खानको ‘डंकी’लाई निकै पछि पारेको छ । पहिलो दिन अग्रिम बुकिङमा ‘डंकी’को कलेक्सन १३ करोडभन्दा बढी थियो ।
‘सालार’मा प्रभासका अलावा श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबुको पनि महत्वपूर्ण भूमिका रहेको छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया