मानव धर्म सेवा समितिद्वारा भूकम्पपीडितलाई ६० लाख बराबरको राहत

काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो ।
तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरिएको रकमका साथै समितिमा आबद्ध व्यक्तिबाट सङ्कलित रकमले राहत सामग्री वितरण गरिएकोउक्त समितिका राष्ट्रिय कार्यसमिति उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । भूकम्पपीडितका लागि जाडोबाट जोगिन कम्बल तथा चामल, तेल, दाल, चिउरालगायत पदार्थ वितरण गरिएको थियो । भूकम्पबाट पीडित दुई जिल्लामध्ये जाजरकोट भेरी नगरपालिका वडा नं १ र ३ मा धेरै मानिसको मृत्यु हुनाका साथै करोडौँको जनधनको क्षति भएकाले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको सो समितिले जनायो ।
समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका संरक्षक विभूजी महाराजलगायत समितिका अन्य पदाधिकारी राहत वितरणमा सहभागी हुुनुहुन्थ्यो । त्यसअवसरमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उनीहरूको स्वागत गर्दै राहात सामग्री उपलब्ध गराएकामा आभार व्यक्त गरेका थिए ।
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया