ह्वात्तै घट्याे ‘डंकी’को व्यापार, ६ दिनमा कमाइ कति ?

काठमाडौं । शाहरुख खान अभिनित ‘डंकी’को व्यापारमा छैटौं दिन भारी गिरावट आएको छ । रिलिजको पाँच दिन बक्स अफिसमा ठीकठाक व्यापार गरेको फिल्मको कमाई छैटौं दिन घटेको हो ।
२१ डिसेम्बरमा रिलिज भएको ‘डंकीलाई लिएर शाहरुखका फ्यानहरु माझ ठुलो हाइप थियो । तर कमाईको हिसाबले फिल्मले त्यति बलियो छाप छोड्न सकेको छैन ।
भारतीय समाचारमाध्यमका अनुसार मंगलबार फिल्मले १०.५ करोड भारु कलेक्सन गरेको छ। फिल्मको कमाई अनुमान गरिए पनि यकिन आँकडा आउन बाँकी छ । तर विगतका दिनको तुलनामा ‘‘डंकी’को यो बक्स अफिस कलेक्शन निकै कम मानिएको छ ।
यसबाट फिल्मले फ्यानको मन जित्न असफल भएको प्रष्टै भन्न सकिन्छ । शाहरुख खानको स्टारडमका अनुसार यो कलेक्शन औसत मानिएको छ ।
फिल्म ‘डिंकी’ को कथा इमोशनल, ड्रामा र कमेडीले भरिपूर्ण छ । तर, यसका बाबजुद पनि यो फिल्मले दर्शकमा आफ्नो जादु फैलाउन सकेको छैन ।
मंगलबारको कमाईको आँकडा जोड्ने हो भने शाहरुख खानको ‘डंकी’को कुल बक्स अफिस कलेक्शन १४० करोड भारुको नजिक पुगेको छ ।
फिल्मले पहिलो दिन २९.२ करोड, दोस्रो दिन २०.१२ करोड, तेस्रो दिन २५.६१ करोड, चौथो दिन ३०.७ करोड, पाँचौं दिन २४.३२ करोड भारुकाे व्यापार गरेकाे थियाे ।
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया