देश बनाउन ठूलो होइन असल मान्छे चाहिन्छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र सामाजिक न्यायलाई प्रमुख प्राथमिकताका साथ कार्यसम्पादन गरिरहेको बताएका छन् ।
बुधवार आयोजित १६ औँ राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले राष्ट्र निर्माणका लागि ठूलो नभएर असल मान्छेहरू जरुरी रहेको बताए ।
‘समाजका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ। तपाईँहरूका सिर्जना, कला र सीपबाट बनेको पूर्वाधार संरचना मानव जीवन उपयोगी र अनुपम हुनुपर्दछ। तर, द्रूततर विकास निर्माणबाट प्राकृतिक वातावरणमा प्रतिकुल असर पनि परिरहेको छ। नेपालको पर्यावरणमा यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको छ’ प्रधानमन्त्री प्रचण्डले भने।
ठूला पूर्वाधारको अभावमा विकासको प्रतिफलबाट राज्यको हिस्सा टाढा रहेका उल्लेख गर्दै उनले अनावश्यक विवाद र झमेला हुँदा समयभित्र विकासका आयोजना पूरा हुन नसक्ने र लागत बढ्ने समस्या रहेको बताए ।
‘यसले सामान्य रूपमा गति लिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ, अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समय सीमाभित्र सम्पन्न हुन नसकेको विकास आयोजनाहरूमा लागत बढ्दै जाँदा राज्यलाई थप आर्थिक भार पर्न गएको विद्यमान अवस्था रहेको हामीले अनुभूति गरेका छौँ’ उनले भने ।
















नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया