उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने,तराईमा हुस्सु
मेरोन्यूज
२०८० पुष १९ गते ७:१३

काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यतिबेला कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था छ।
तराईका अधिकांश भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया